धनगढी, ११ जेठ- कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क ओपीडी सेवा पाउने भएका छन् ।
मंगलवार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएपछि यहाँका जेष्ठ नागरिकले सो सेवा पाउने भएका हुन् । उपमहानगरपालिकामा बसेको दुवै पक्षबीचको बैठकले ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवा सहित रोग निदान (परीक्षण) र बेड चार्जमा १० प्रतिशत सहुलियत दिने निणर्य गरिएको छ ।
उनीहरुलाई निजी अस्पतालमा निःशुल्क ओपीडी सेवासँगै औषधिमा समेत ५ प्रतिशत सहुलियन दिने सम्झौता भएको निणर्यमा उल्लेख छ ।

धनगढी उपमहानगरपालिका नवनिर्वाचित मेयर गोपाल हमालले अगामी आर्थिक वर्ष २०७९/०८० देखि २०८३/०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाइ कार्यान्वयनमा लैजाने बताए ।
निर्णयहरु: