बैतडीमा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

बैतडी- बैतडीको पुर्चौंडी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुर्चौंडी नगरपालिका–१ स्थित खडीखेत बजारबाट हाट बसपार्कतर्फ आउँदै गरेको सु.प.प्र. ०२–००१ त १६०० नम्बरको ट्याक्टर आज दिउँसो करिब ३  : ३० बजे सडकबाट करिब २५ मिटर तल नदी किनारमा खस्दा दुर्घटना भएको हो।

Navadurga sun

दुर्घटनामा ट्याक्टर चालक कञ्चनपुरको सुडा निवासी ४४ वर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनाका बेला ट्याक्टरमा चालक मात्रै सवार थिए। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...