धनगढी- नेपालका लागि टिभिएस मोटर कम्पनी (TVSM) को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सेती–महाकाली क्षेत्रमा नयाँ TVS Apache RTR 160 सार्वजनिक गरेको छ। धनगढीस्थित होटल पौवामा आयोजित विशेष कार्यक्रममा स्थानीय डिलर, सञ्चारकर्मी, अटोमोबाइल समीक्षक तथा बाइक पारखीहरूको उपस्थितिमा मोटरसाइकल सार्वजनिक गरिएको हो।
कम्पनीका अनुसार नयाँ Apache RTR 160 मा पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, ३७ एमएम अपसाइड–डाउन (USD) फ्रन्ट सस्पेन्सन र ५ इन्चको TFT डिजिटल क्लस्टर जस्ता अत्याधुनिक फिचर समावेश गरिएको छ। यी सुविधाले राइडरको सुरक्षा, नियन्त्रण र रातिको दृश्यात्मकता थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ। कम्पनीले यसलाई १६० सीसी सेग्मेन्टमा नेपालकै सबैभन्दा शक्तिशाली मोटरसाइकलका रूपमा प्रस्तुत गरेको छ।

१५९.७ सीसी क्षमताको इन्जिन रहेको यो मोटरसाइकलले स्पोर्ट मोडमा ९,२५० आरपीएममा १७.५५ पीएस तथा अर्बन र रेन मोडमा ८,६५० आरपीएममा १५.६४ पीएस शक्ति उत्पादन गर्छ। यसमा स्पोर्ट, अर्बन र रेन गरी तीन राइडिङ मोड, डुअल–च्यानल एबीएस, ५-स्पिड गियरबक्स तथा १२ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको छ।
कार्यक्रममा जगदम्बा मोटर्सका प्रिमियम सेल्स हेड बिपिन बोगटीले अपाचे श्रृंखलाले १५ वर्षभन्दा बढी समयदेखि नेपालसहित ६० भन्दा बढी देशका ७० लाखभन्दा बढी राइडरको विश्वास जित्दै आएको उल्लेख गर्दै नयाँ Apache RTR 160 ले १६० सीसी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे।
नयाँ मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। सेती–महाकाली क्षेत्रका आधिकारिक डिलरमार्फत यसको बिक्री सुरु भइसकेको छ भने यसको एक्स–शोरूम मूल्य रु ४ लाख २९ हजार ९ सय निर्धारण गरिएको छ।
