देशभर थपिए १४ जना कोरोना संक्रमित

देशभर थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दुई हजार ७१६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ४२० जनाको पिसिआर र एक हजार २९६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

Navadurga sun

२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। देशभर २०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...