हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान धनगढीमा सम्पन्न

धनगढी, २० चैत– हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले धनगढीमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम सम्पन्न गरेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान गत भदौ ३ गते सुरु भएको हो ।

पूर्व प्रधानन्यायाधीश पराजुलीले बाह्य प्रभाव र केही अज्ञानता वश नेपाल धर्म निरपेक्ष भएको बताएका थिए । विश्वमा ११८ इसाई, ५७ इस्लामिक र ९ वटा बुद्धिस्ट राष्ट्र भए पनि ११० करोड आबादी भएको हिन्दु राष्ट्र खोइ भन्ने प्रश्न उनले गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले इतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल स्वयं सिद्ध हिन्दु राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रूपमा स्वीकार गरोस् भन्ने आग्रह गरेका थिए ।

Loading...