विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कञ्चनपुरका विद्यालयमा गणित पार्क निर्माण

कञ्चनपुर, १ चैत– विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले लालझाडी गाउँपालिकाले गणित पार्क निर्माण गरेको छ । बल्मीमा रहेको पूणर्िमा आधारभूत विद्यालय र डाँडाजाईको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा गणित पार्क निर्माण गरिएको छ ।

पार्कमा ज्यामितीय अवधारणा अनुसारका वृत, चतुर्भुज, घन, बेलना, गोलालगायत निर्माण गरिएका छन् । यो सँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्रहरू र चिह्नहरू पनि पार्कमा राखिएका छन् । गणित पार्कको पोलहरूमा जनावरहरूका तस्वीरसँगै नेपाली अंग्रेजी र वैज्ञानिक नामको जानकारी समेत राखिएको छ । दुवै विद्यालयका पार्कको लम्बाई ९७ फिट र चौडाई २५ फिट रहेको छ ।

Navadurga sun

आकर्षक रंग लगाएर पार्कमा गणितका अवधारणालाई विद्यार्थीले सहजै बुझ्न सक्ने हिसबाले राखिएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख सिद्धराज भट्टले बताए । विद्यार्थीले किताबी ज्ञानभन्दा पनि चित्र हेरेर अवलोकन गरेर सहज रुपमा बुझ्ने भएकाले पार्क निर्माण गरिएको उनले बताए ।

भारत लगायत अन्य देशका विद्यायमा गणित पार्क बनाएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिइने गरे पनि नेपालका लागि भने नौलो अभ्यास भएको शाखा प्रमुख भट्ट बताए । गणितलाई जटिल विषयका रुपमा हेर्ने गरिएकाले त्यसलाई हटाउन पार्कले सघाउ पुर्‍याउने उनी बताउँछन् ।

विद्यार्थीहरुले पार्कमा निर्माण गरिएका रेखा, कोण र तिनबाट निर्मित आकृतिहरूको अध्ययन गर्न सक्छन् । ज्यामितीय गणितको अध्ययनलाई सजिलो बनाउन पार्कमा गणितसँग सम्बन्धित आकृतिहरू निर्माण गरिएको शाखा प्रमुख भट्टको भनाइ रहेको छ ।

अंकगणित, बिजगणित र ज्यामितीका धारणालाई छुट्टाछुट्टै प्रयोग नगरी एकापसमा सम्बन्धित गराएर सिकाउन सक्नुपर्छ भन्ने धारण अनुसार पार्कमा तीनवटै गणितका सूत्र र चित्रहरू समेत आकर्षक ढंगले राखिएको उनले बताए । पार्क निर्माणका लागि दुई वटै विद्यालयलाई १ लाख ५० हजार रूपैयाँका दरले रकम उपलब्ध गराइएको छ ।

गाउँपालिकाले विद्यालयमा गणित पार्कजस्तै वनपस्पति पार्के पनि निर्माण गर्दै जाने योजना बनाएको भट्टले बताए । ‘गणित पार्कसँगै वनस्पति पार्क निर्माण गर्ने योजना अघि सारेका छौं’ शाखा प्रमुख भट्टले भने, ‘फूल फुल्ने नफुल्ने, एक दलीय, दुई दलीय लगायत विभिन्न प्रजातिका विरुवाहरू विद्यालय परिसरमै रोपेर विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनका लागि कार्य अगाडि बढाउने योजना छ ।’ गणितलाई अप्ठ्यारो विषयमा रुपमा चित्रित गर्दा विद्यार्थीमा मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेकाले यसलाई दैनिक क्रियाकलापसँग जोड्न पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष मदनसेन बडायकले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...