आज महाशिवरात्री पर्व, भगवान् शिवको पूजा आराधना गरी मनाइँदै

Purbadhar dadeldhura

आज महाशिवरात्री पर्व, भगवान् शिवकाे पूजा-आराधना गरी मनाइँदैछ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी देशभर मनाउन लागिएकाे हाे ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्छन् । महाशिवरात्रिका अवसरमा पशुपनतिनाथ मन्दिर लगायत शिवालयमा बिहानैदेखि भक्तजनकाे घुइँचाे लागेकाे छ । पशुपति क्षेत्र उल्सासमय भएकाे छ ।

Malpot office dadeldhura

पशुपति परिसर तथा वाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवं भक्तजनको भीड छ । साधुसन्त एवं भक्तजनहरुको भीड लागेको छ । पशुपति क्षेत्रलाई बेहुलीझैँ सिंगारिएको छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न ठाउँसहित छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्ने गर्छ ।

शिवकाे विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने विश्वास गरिन्छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ-मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...