श्रीबगड-तपोवन तटबन्ध निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरिएको स्थानीयको आरोप

Purbadhar dadeldhura

दार्चुला, ५ फागुन- श्रीबगड-तपोवन तटबन्ध निर्माणमा व्यवसायीले गुणस्तरहीन सामाग्रीको प्रयोग गरिरहेको र यहाँबाट उत्खनन् गरिएका गिटी, बालुवा अन्यत्र बिक्री हुने गरेको भन्दै स्थानीयले यसको निष्पक्ष जाँच हुनुपर्ने बताएका छन् ।

जिल्ला तटबन्ध कार्यालयले आर्थिक वर्ष २०७६/०७७ देखि महाकाली नदीमा तटबन्ध बनाउन राजेन्द्र निर्माण सेवालाई ठेक्का दिएको थियो । ठेकेदारले राजनीतिक शक्तिको आडमा काममा ढिलासुस्ती गरिरहेको स्थानीयको आरोप छ ।

Malpot office dadeldhura

उनीहरुले यो कार्यको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएका छन् । त्यसको बोधार्थ महाकाली तटबन्ध कार्यालय, महाकाली नगरपालिका र दुहुँ गाउँपालिकालाई पनि दिएका हुन् । उनीहरुले स्थलगत निरीक्षण गरी दोषि माथि कारवाहीको माग अघि सारेका छन् ।

अहिलेसम्म जम्मा १० प्रतिशत मात्र काम भएको र गतवर्षको बर्खामा नदीले सय रोपनी खेत बगाएको स्थानीयले बताए । यही गतिले काम हुने हो भने बाढीले आउँदो बर्खामा झन बढी क्षती व्यहोर्नु पर्ने उनीहरुको भनाई रहेको छ ।

स्थानीयले तटबन्ध कार्यालयका प्राबिधिकहरु पनि ठेकेदारको प्रभावमा परेको, पबित्र धार्मिक तीर्थस्थल तपोवनमा रहेको तातो पानीको मूल नासिने गरी काम हुँदा पनि सम्बन्धित निकाय मौन बसेको आरोप समेत लगाएका छन् ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...