बाजुरामा आगोले ७ घरछाना जलेर पूर्णरूपमा नष्ट

Dadeldhura hospital

बाजुरा- जिल्लाको बडिमालिका नगरपालिका वडा न‌ं. २ घागर नजिकै सल्लेना सामुदायिक बनमा लागेको आगोले ६ छाना र १ घर जलेर नष्ट भएका छन। अज्ञात समुहले सामुदायीक बनमा लगाएको आगोले स्थानीयका छना सहित घर जलेर नष्ट भएका हुन।

बडिमालिका नगरपालिका वडा नं. २ घागर नजिकै लागेको आग्लागीबाट लाखौँको क्षेती भएको स्थानीयले बताएका छन। सामुदायीक बनमा लागेको आगोले बाजुराको बडिमालिका नगरपालिका वडा नं १ को सल्लेना सामुदायिक वन, वडा नं २ को भेलालमाण्डौं सामुदायिक वन, २ कै धलपुरीमाण्डौ सामुदायिक वनमा लागेको आगोले ६ वटा घर छाना जलेर नष्ट भएको स्थानीयले जनाएका छन। जसमा मासे कार्की १ छाना, हंश कार्की १छाना, मनरुप कार्की १ छाना र १ घर जलेर नष्ट भएका छन। त्यसैगरी लालसिंह कार्की १ छाना, करे कार्की १ छाना लाल बहादुर कार्की १ छाना गरि ७ वटा घरछाना जलेर पूणर्रूपमा नष्ट भएका स्थानीय लाल बहादुर कार्कीले बताएका छन ।

Loading...