कञ्चनपुरमा आगलागी हुना एक लाख भन्दा बढीको क्षती

कञ्चनपुर– कञ्चनपुरको एक जनरल स्टोरमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नं.६ विद्युत कार्यालय नजिक रहेको केशव कार्कीको कार्की जनरल स्टोरमा गएराति साढे १० बजे आगलागी भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार फ्रिजको तार सर्ट भएर आगलागी भएको हो। आगलागीबाट एक लाख ५० हजार रुपैयाँ बराबरको क्षती भएको र कुनै मानवीय क्षती भने नभएको उनले बताए। प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता थापाले बताएका छन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...