डाका मुद्दाका फरार प्रतिवादी कञ्चनपुरमा पक्राउ
कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले डाका मुद्दा लागेका फरार रहेको एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीको टोलीले डाकाका नाइके कञ्चनपुर साबिक परासन गाउँ विकास समिति ७ का बलबहादुर सुनारलाई निजकै घरमा लुकिछिपि बसेका अवस्थामा पक्राउ गरेको हो ।




सुनारले भारतीय डकैतहरूको सहयोगमा कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा २०३२ साल, २०४४ साल, २०४८ साल र २०५० सालमा डाकाडकैत गरेका थिए ।


प्रतिवादी नाइके भनिने सुनारलाई २०५० साल असार २ गते जिल्ला अदालत कञ्चनपुरको फैसलाले ६ वर्ष कैद र ६२ हजार ४ सय १५ जरिवाना सजाय समेत सुनाएको थियो । सुनारलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

