बैतडीको निङ्गलाशैनी मन्दिरमा आज जमानी जात्रा




बैतडी, ४ पुस– बैतडीको प्रसिद्ध निङ्गलाशैनी भजवती मन्दिरमा आज जमानी जात्रा लागेको छ । दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा रहेको सो मन्दिरमा हरेक वर्ष मंसिर शुक्ल पूणर्िमाका दिन जमानी जात्रा लाग्ने गरेको स्थानीय संस्कृतिका जानकार कविराज भट्टले बताए ।



यो जात्रामा मन्दिरमा कुनै प्रकारको बलि नहुने बताइएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुर्दशी, असोजको नवरात्र र धान्य पूणर्िमका दिन विशेष पूजाआजासहित जात्रा लाग्ने गर्दछ ।


जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने गरिन्छ । जात्रालाई व्यवस्थित बनाउन देहीमाण्डौं बजार क्षेत्रलाई मदिरा निषेधित बनाइएको वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।



