कञ्चनपुरमा अबैध समान बरामद

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा ७० हजार मुल्यका अबैध समान बरामद गरिएको छ । भारतबाट भन्सार, छली र चोरी पैठारी गरी ल्याएको अबैध समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

भारतबाट भन्सार, छली र चोरी पैठारी गरी ल्याएको ६९ हजार ९ सय ५० मुल्य बराबरको चरीको बिउ, पुजाको सरसमान, मोबाईलको ग्लास, बच्चाको खेलौना लगायतको सरसमान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए । बरामद गरिएको सरसमान आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको बताए ।

Loading...