नयाँ जजसहित नेपाल आइडलको चौथो संस्करण मंसिर २३ बाट

काठमाडौं, १९ मंसिर– गायन रियालिटी शो नेपाल आइडलको चौथो संस्करण मंसिर २३ गतेदेखि एपीवान टेलिभिजनमा प्रसारण हुने भएको छ। आइडलको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्तरुपमा ल्याउने तयारी भइरहेको आयोजकले जानकारी दिएको छ। नयाँ जजहरूमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल, सुवानी मोक्तान रहेका छन्। यसअघिको सिजनमा रहेका न्हयु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए।

Dadeldhura hospital

नेपाल आइडल आयोजकले आयोजना गरेको साइनिङ समारोहमा नेपाल आइडल सिजन फोरु का टाइटल स्पोन्सर कोकाकोला, सिटिजन लाइफ इन्स्योरेन्स, डाबर, हिमाल रेमिट, केएनपी जापान, शिवम सिमेन्ट, मेट्स इन्टरनेशनल, हिरो, बाल्ट्रा र भोटिङ पार्टनरको रुपमा रहेका सेल पेबीच विज्ञापन सम्झौतामा हस्ताक्षर भएको हो। कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्यापटेन रामेश्वर थापाले महामारीका बीच नेपाल आइडल दर्शकमाझ ल्याउन सफल भएको बताए। उनले नयाँ सिजनमा बजारले गरेको सहयोग र समर्थन उत्साहजनक भएको बताउँदै दर्शकहरुलाई कहिल्यै निराश नपार्ने प्रतिबद्धता जनाएका थिए। एपीवान टेलिभिजनका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यले पनि नेपाल आइडलको यो संस्करणलाई झन् भव्य बनाउने बताए।

Navadurga sun
Godawari sandesh

नेपाल आइडलको पहिलो विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो विजेता सुदूरपश्चिमका रवि ओड भएका थिए। तेस्रो सिजनको उपाधि भने पहिलोपटक महिला प्रतिस्पर्धी सज्जा चौलागाँईले जितेकी थिइन्।

Loading...