कार्तिक १९ गतेबाट धनगढीको एसटिएस सिनेमा घर पुर्ण रुपमा संचालन

धनगढी, १७ कार्तिक– लामो समय देखि कोरोना माहामारिका कारण बन्द रहेको धनगढीको एसटिएस सिनेमा घरमा हिन्दी फिल्म सुर्यवंशि लाग्ने भएको छ। यहि कार्तिक १९ गतेबाट हल पुर्ण रुपमा संचालन भई सुर्यवंशी फिल्म लाग्ने भएको हो ।

लामो समयको विश्रामपछि पुन: हल संचालन गर्दै पहिलो सो को रुपमा सुर्यवंशी लगाउने तयारी गरेको एसटिएस सिनेमा घरका सम्बन्धित व्यक्ति योगेन्द्र नायकले बताए । स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै अब हल पुर्ण रुपमा खुलिसकेको छ, उनले भने, निर्धक्क भएर पारिवारिक माहोलमै फिम्ल हेर्न सकिनेछ ।

Navadurga sun

अहिले देशभरका विभिन्न सिनेमा हल संचालनमा आएका छन । सोही अनुसार धनगढीमा रहेको एसटिएस सिनेमा हलले पनि कोरोनाकालपछी चर्चित हिन्दी फिल्म सुर्यवंशीबाट हल खोल्ने जनाएको छ । उक्त फिल्मको ट्रेलरले नै पछिल्लो समय धेरैको ध्यान आकर्षित गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...