कैलालीमा राति ८ बजे पछि देउसी भैलो खेल्न नपाईने (जारी सूचना)

अत्तरिया, १६ कार्तिक– कैलाली प्रशासनल दिपावलीको अवसरमा खेलिने देउसीभैलो राति ८ बजेसम्म मात्रै खेल्न पाइने जनाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त आदेश जारी गरेको हो ।

Dadeldhura hospital

कोरोना संक्रमणको जोखिम कामयै रहेको अवस्था तथा समाजमा अशान्ति फैलिनसक्ने भन्दै देउसीभैलो तथा नाचगानका कार्यक्रममा रोक लगाइएको जारी सूचनामा उल्लेख छ । साथै दिपावलीको समयमा पटाका जलाउने, आतिसबाजी गर्ने तथा ओसारपसार गर्न नपाइने समेत प्रशासनले जनाएको छ । प्रशासनको आदेश अवेज्ञा गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने बताइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

Loading...