जेवाईसी कपको उपाधि वडा नं. १० को न्यु सिताराम युवा क्लब र लक्ष्मी माविलाई

अत्तरिया- कात्तिक २७ गतेदेखि सुरु भएको तेस्रो जेवाईसी कप–२०८३ नगरस्तरीय क्रिकेट तथा महिला भलिबल प्रतियोगिताको उपाधि क्रिकेटतर्फ वडा नं. १० को न्यु सिताराम युवा क्लब र महिला भलिबलतर्फ बुढीतोलाको लक्ष्मी माध्यमिक विद्यालयले जितेका छन्।

सोमबार सम्पन्न प्रतियोगितामा पुरुष क्रिकेटतर्फ १० टिम र वडास्तरीय महिला भलिबलतर्फ ६ टिमको सहभागिता रहेको थियो।

Navadurga sun

गोदावरी नगरपालिका–४ बास्कोटास्थित ज्वालादेवी युवा क्लबद्वारा आयोजित प्रतियोगितामा क्रिकेटतर्फ विजेता बनेको वडा नं. १० को न्यु सिताराम युवा क्लबले नगद ४१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता आयोजक वडा नं. ४ को टिमले नगद २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

यसैगरी, वडास्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम भएको बुढीतोलाको लक्ष्मी माध्यमिक विद्यालयले नगद २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय भएको आयोजक टिमले नगद ११ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।

प्रतियोगिताको समापन कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्लले क्लबले आयोजना गर्दै आएका यस्ता खेलकुद प्रतियोगिताले युवालाई सकारात्मक गतिविधिमा जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए।

समाजमा धेरै व्यक्ति लागूऔषधजस्ता दुर्व्यसनमा फस्दै गएको अवस्थामा खेलकुद गतिविधिमार्फत युवालाई कुलतबाट टाढा राख्न र त्यसको न्यूनीकरणमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका वडा नं. ४ को वडा कार्यालय रहेको थियो।

ADD Khali jpg
Loading...