काठमाडौं- माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीका कारण देशका विभिन्न स्थानको मौसममा प्रभाव परेको छ। हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईलगायत अन्य भू–भागको मौसम मुख्यतया सफा रहेको छ।




मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।







आज बिहीबार पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसममा आंशिक परिवर्तन देखिएकाले हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने सर्वसाधारणलाई मौसमको अवस्थाबारे जानकारी लिएर यात्रा गर्न सुझाव दिइएको छ।




