धनगढी- कैलालीबाट ८ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।






कैलालीको बर्दगोरिया गाउँपालिका–६ राजिपुर स्थित ४१ वर्षीय शिवरतन थारुको घरमा जुवातास भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा निज शिवरतन थारुसमेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो।





इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ६४ हजार ७७० र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।




