‘द भ्वाइस किड्स नेपाल’ कात्तिक २६ गतेदेखि प्रसारणमा आउने

काठमाडौं, १५ कार्तिक– गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ प्रसारणमा आउने भएको छ। ‘द भ्वाइस किड्स नेपाल’ आउँदो कार्तिक २६ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने भएकाे छ ।

Ganyapdhura gau
Dadeldhura hospital

‘द भ्वाइस किड्स नेपाल’ ले आधिकारिक फेसबुक पेजमार्फत प्रसारणबारे जानकारी दिएको हो। यो शो सातामा शुक्रवार र शनिवार ८ बजे प्रसारण हुनेछ।

Navadurga sun
Godawari sandesh

बालबालिकाको प्रतिभालाई विश्व सामु राख्ने उद्देश्यले यो शो गरिएको आयोजकले जनाएका छन्। शो को ब्लाइन्ड अडिसन छायाङ्कन भइसकेको छ।

‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहेका छन्। यो शोमा पनि ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलको निर्देशन रहेको छ।

Loading...