स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा रास्वपा, ७७ जिल्लामा नेता खटाउँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका ७७ वटै जिल्लामा आफ्ना नेता खटाउने भएको छ।

रास्वपाले असोज २० देखि २७ गतेसम्म एक साताका लागि सांसद तथा केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लामा परिचालन गर्ने जनाएको छ। उनीहरू स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि, संगठन विस्तार तथा पार्टीको अभियानमा सहभागी हुनेछन्।

Navadurga sun

रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानको मुख्य उद्देश्य स्थानीय तहको कामकारबाही र आगामी निर्वाचनमा उम्मेदवार छनोटको विधिबारे नागरिकलाई जानकारी गराउनु तथा वर्तमान सरकार गठन भएको ६ महिनामा संसद् र सरकारमार्फत भएका कामबारे जानकारी दिनु हो।

अभियानअन्तर्गत रास्वपाका सांसद तथा केन्द्रीय सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिकामा पुग्ने पार्टीले जनाएको छ। पार्टीका अनुसार अभियान चुनावी तयारीमा मात्र सीमित नभई स्थानीय सरकारलाई थप जवाफदेही बनाउने र नागरिकको सहभागितामा नेतृत्व चयन गर्ने उद्देश्यले सञ्चालन गरिनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...