कैलाली–४ मा कांग्रेसको क्षेत्रीय सभापतिमा सुरतबहादुर कार्की निर्वाचित

१५औँ महाधिवेशन : क्षेत्रीय सभापतिसहित २१ जना निर्वाचित

अत्तरिया- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा सुरतबहादुर कार्की निर्वाचित भएका छन्।

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार कार्की क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्। निर्वाचन समितिले क्षेत्रीय सभापतिसहित विभिन्न समूह तथा क्लस्टरबाट निर्वाचित २१ जनाको नाम सार्वजनिक गरेको छ।

Navadurga sun

निर्वाचन परिणामअनुसार खुला महिला सदस्यतर्फ तुलसी देवकोटा, ईश्वरी कठायत, ललिता पाठक र ईश्वरी रावल निर्वाचित भएका छन्।

त्यस्तै खुलातर्फ गौरवबहादुर विष्ट (आनन्द), लोक राज पाण्डेय (आगो), धुवराज भट्टाई, बसन्त रोकाया, खेमबहादुर साउद, पुष्पराज जोशी, विष्णुप्रसाद भाट, भोजबहादुर बम, पदमराज भट्ट र रोशन सिंह निर्वाचित भएका छन्।

पेशागत विषय विज्ञतर्फ टेक राज अवस्थी, युवा महिलातर्फ रोशनी शाह, युवा खुलातर्फ दीपक राज ओझा र भुवन महरा निर्वाचित भएका छन्।

यसैगरी प्रजातन्त्र सेनानीतर्फ विक्रमबहादुर खड्का र आदिवासी जनजातितर्फ यज्ञराज चौधरी निर्वाचित भएका छन्।

निर्वाचन समितिको कार्यालय, अत्तरियाले आज (बिहीबार) १५ गते मत परिणाम घोषणा सम्बन्धी सूचना जारी गर्दै निर्वाचित उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।

निर्वाचित हुनेहरूको सूची

क्र.सं. नाम पद/समूह परिणाम
१ सुरतबहादुर कार्की क्षेत्रीय सभापति निर्वाचित
२ तुलसी देवकोटा खुला (महिला) निर्वाचित
३ ईश्वरी कठायत खुला (महिला) निर्वाचित
४ ललिता पाठक खुला (महिला) निर्वाचित
५ ईश्वरी रावल खुला (महिला) निर्वाचित
६ गौरवबहादुर विष्ट (आनन्द) खुला निर्वाचित
७ लोक राज पाण्डेय (आगो) खुला निर्वाचित
८ धुवराज भट्टाई खुला निर्वाचित
९ बसन्त रोकाया खुला निर्वाचित
१० खेमबहादुर साउद खुला निर्वाचित
११ पुष्पराज जोशी खुला निर्वाचित
१२ विष्णुप्रसाद भाट खुला निर्वाचित
१३ भोजबहादुर बम खुला निर्वाचित
१४ पदमराज भट्ट खुला निर्वाचित
१५ रोशन सिंह खुला निर्वाचित
१६ टेक राज अवस्थी पेशागत विषय विज्ञ निर्वाचित
१७ रोशनी शाह युवा महिला निर्वाचित
१८ दीपक राज ओझा युवा खुला निर्वाचित
१९ भुवन महरा युवा खुला निर्वाचित
२० विक्रमबहादुर खड्का प्रजातन्त्र सेनानी निर्वाचित
२१ यज्ञराज चौधरी आदिवासी जनजाति निर्वाचित

 

निर्वाचन समितिले सार्वजनिक गरेको परिणामसँगै कैलाली–४ मा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय नेतृत्व तथा प्रतिनिधि चयन प्रक्रिया पूरा भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...