कांग्रेस कैलाली–४ को निर्वाचनमा ६९० मत खस्यो, सभापतिमा दुई उम्मेदवार

७५७ मतदाता रहेको क्षेत्रमा ४१ जना उम्मेदवार चुनावी मैदानमा, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

अत्तरिया- नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा ६९० मत खसेको छ। कुल ७५७ मतदाता रहेको क्षेत्रमा मंगलबार निर्वाचन सम्पन्न भएको हो।

क्षेत्रीय सभापति र २० जना महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा विभिन्न पदमा गरी ४१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

Navadurga sun

क्षेत्रीय सभापति पदमा विजय बहादुर कुँवर र सूरत बहादुर कार्की उम्मेदवार रहेका छन्।

महिला खुलातर्फ

महाधिवेशन प्रतिनिधि महिला खुलातर्फ ईश्वरी कठायत, ईश्वरी रावल, तुलसी देवकोटा, नन्दा बम, मेनका जोशी र ललिता पाठक उम्मेदवार रहेका छन्।

खुलातर्फ

खुला महाधिवेशन प्रतिनिधितर्फ कमल कान्त पन्त, खेम बहादुर साउँद, गोरख बहादुर बिष्ट (आनन्द), टिका राम ढुंगाना जैसी, तर्क राज भट्ट, ध्रुवराज भट्टराई, पदम राज भट्ट, पुष्प राज जोशी, प्रकाश बहादुर देउवा, प्रभाकर भण्डारी, वसन्त रोकाया, भेष बहादुर बम, भोज बहादुर बम, राजेन्द्र प्रसाद जोशी, राजेश पाठक, रोशन सिंह, लोक राज पाण्डेय (आगो), विवेक कुमार कठायत, विष्णु प्रसाद भाट र हेम प्रकाश उप्रेती उम्मेदवार रहेका छन्।

पेशागत विज्ञतर्फ

पेशागत विज्ञतर्फ टेकराज अवस्थी, टेक कठायत र प्रेम चन्द उम्मेदवार रहेका छन्।

युवा महिला र युवा खुलातर्फ

युवा महिला तर्फ भगवती जोशी र रोशनी शाह उम्मेदवार छन्।

युवा खुलातर्फ डण्डी राज जोशी, दिपक राज ओझा, बिरेन्द्र खड्का र भुवन महरा उम्मेदवार रहेका छन्।

अन्य समावेशी समूह

प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्व प्रभाविततर्फ विक्रम बहादुर खड्का र राम सिंह ठकुरी उम्मेदवार छन्।

त्यस्तै, आदिवासी जनजातितर्फ प्रेम बहादुर सुर्जा मगर र यज्ञ राज चौधरी उम्मेदवार रहेका छन्।

निर्वाचनमा मतदान सम्पन्न भएसँगै मतगणनाको तयारी गरिएको छ। क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिको अन्तिम परिणाम मतगणना सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...