बझाङबाट सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार





बझाङ, १३ कार्तिक– शल्याक्रिया गरी सुत्केरी गराउनु पर्ने अवस्था आएपछि बझाङबाट एक महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । केदारस्युँ गाँउपालिका वडा नं. ८ लोतुकी २२ वर्षीया लक्ष्मी खत्रीको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी धनगढी ल्याइएको हो ।
लोतु सामुदायिक स्वास्थ्य ईकाई प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार विहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी विहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिईन ।
साँझ अवेर सम्म पनि सुत्केरी हुन नसकेपछि शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्ने अवस्था आएको भन्दै खत्रीलाई धनगढी ल्याईएको थियो ।



