मुक्त कमैयाको आवास र जीविकोपार्जन समस्या समाधानमा मुख्यमन्त्रीको प्रतिबद्धता

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ।

आवाससहित गास, बासको समस्या समाधान गर्न माग गर्दै मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभएको हो।

Navadurga sun

मुख्यमन्त्री भट्टले मुक्त कमैयाको आवासलगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। लामो समयदेखि समस्यामा रहेका मुक्त कमैयाको जीवनस्तर सुधार तथा पुनःस्थापनाका विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।

भेटमा कृषि मन्त्री दमनबहादुर भण्डारी, भौतिक पूर्वाधार राज्यमन्त्री जानकीदेवी कुँवर, कृषि मन्त्रालयका कर्मचारी, नापी शाखा कैलालीका प्रमुख, मालपोत कार्यालय कैलालीका प्रमुखलगायत सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...