प्रथम त्रैमासिक परीक्षाको नतिजासँगै विद्यालय परिसरमा २ सय बिरुवा रोपण

‘एक अभिभावक, एक बिरुवा’ अभियानअन्तर्गत वृक्षारोपण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

अत्तरिया- जानकी माध्यमिक बिद्यालय गोदावरी नगरपालिका १० ओलानी कैलालीले प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशनसँगै ‘एक अभिभावक, एक बिरुवा’ अभियानअन्तर्गत विद्यालय परिसरमा करिब २ सय वटा बिरुवा वृक्षारोपण गरिएको छ।

“शिक्षा र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्छ। विद्यालय परिसरमा सञ्चालन गरिएको वृक्षारोपण अभियानले विद्यार्थीमा प्रकृतिप्रतिको जिम्मेवारीबोध बढाउन ठूलो सहयोग पुर्‍याउँछ।”

– रविन्द्र शाही ‘गुड्डु’, अध्यक्ष (गोदावरी नगरपालिका वडा नं. १०)

Navadurga sun

गोदावरी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रविन्द्र शाही ‘गुड्डु’ को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीत बहादुर जैगडी, प्रिन्सिपल राम बहादुर पार्की लगायत शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो। नतिजा प्रकाशनसँगै विद्यार्थीलाई अध्ययनमा थप प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ।

त्यसैगरी, विद्यालय परिसरलाई हरियाली तथा वातावरणमैत्री बनाउने उद्देश्यले ‘एक अभिभावक, एक बिरुवा’ अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत विद्यालय परिसरमा करिब २०० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको जनाइएको छ।

वृक्षारोपण कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणसँगै विद्यार्थीमा प्रकृति तथा पर्यावरणप्रतिको जिम्मेवारीबोध विकास गर्न यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

कार्यक्रममा वडा अध्यक्ष रविन्द्र शाही ‘गुड्डु’ले शिक्षा र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिँदै विद्यालयमा सञ्चालन गरिएको वृक्षारोपण अभियानको प्रशंसा गरेका थिए।

विद्यालयले आगामी दिनमा पनि विद्यार्थी, अभिभावक तथा समुदायको सहभागितामा शैक्षिक, वातावरणीय तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...