सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहद्वारा राजीनामा

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। बिहीबार प्रदेश सभा बैठकलाई सम्बोधन गरेलगत्तै मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका हुन्।

सत्ता साझेदार नेकपा (एमाले) ले बजेटसम्बन्धी विवादलाई लिएर सरकारबाट समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। सरकारको बहुमत गुमेपछि नेपाली कांग्रेसको संसदीय दलको निर्णयअनुसार शाहले राजीनामा दिएका हुन्।

Navadurga sun

मुख्यमन्त्री शाह नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत हुन्। उनले पछिल्लो पटक करिब दुई वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्दै आएका थिए।

यसअघि पनि यही प्रदेश सभाको कार्यकालमा शाहले करिब एक वर्ष चार महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। एमालेले समर्थन फिर्ता लिएसँगै सरकार संकटमा परेपछि शाहको राजीनामासँगै अब सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...