धनगढी- कैलालीको धनगढीबाट एक युवती लागूऔषधसहित पक्राउ परेकी छिन्।
धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर १०० मिलिग्रामसहित कैलालीको बर्दगोरिया गाउँपालिका-२ घर भई हाल धनगढी उपमहानगरपालिका-८ मा कोठा गरी बस्ने २० वर्षकी मनिषा चौधरी पक्राउ परेकी हुन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

