नेपालमा डेंगु संक्रमण तीव्र: ७२ जिल्लामा २,०२५ संक्रमित, २ जनाको मृत्यु

नेपालमा मनसुन सक्रिय भएसँगै डेंगु संक्रमणको जोखिम पुनः तीव्र रूपमा बढेको छ। स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०८२ पुसदेखि २०८३ साउन १५ गतेसम्म देशका ७२ जिल्लामा २,०२५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५६८ जना (२८%) र गण्डकी प्रदेशमा ५३२ जना (२६.३%) संक्रमित भएका छन्। जिल्लागत रूपमा झापा (२०४), बागलुङ (१८०), सुनसरी (१६१), पाल्पा (११६) र कास्की (११०) सबैभन्दा बढी प्रभावित जिल्ला रहेका छन्।

Navadurga sun

संक्रमण बढ्दै गएपछि सरकारले “श्रावण, भाद्र, आश्विन: डेंगु सचेतना तीन महिने अभियान” सञ्चालन गरेको छ। अभियानअन्तर्गत डेंगु सार्ने एडिस एजिप्टी लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने, समुदायस्तरमा जनचेतना फैलाउने तथा प्रभावित क्षेत्रमा रोकथामका कार्यक्रमलाई तीव्र बनाइनेछ।

स्वास्थ्य अधिकारीहरूले घर, कार्यालय र सार्वजनिक स्थान वरपर पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, पूरा बाहुलाको लुगा लगाउने, झुल र झ्याल–ढोकामा जाली प्रयोग गर्ने तथा लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउन आग्रह गरेका छन्। डेंगुका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि सबैलाई अनुरोध गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...