धनगढी- सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला नेकपाभित्र आन्तरिक शक्ति संघर्ष चुलिएको छ। एमालेसँगको सहमतिअनुसार संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित भए पनि दलको नेतृत्व परिवर्तनको प्रयास सफल हुन नसकेको स्रोतले जनाएको छ।
अहिले मन्त्री पदको भागबण्डालाई लिएर पार्टीभित्र आन्तरिक छलफल र रस्साकस्सी बढेको बताइएको छ। यद्यपि उपनेता प्रकाश रावलले पार्टीभित्र कुनै विवाद नरहेको दाबी गर्दै केन्द्रीय सहमतिअनुसार सरकार गठन प्रक्रिया अघि बढ्ने बताएका छन्।

