जालपादेवी मन्दिरमा देवीको मूर्ति स्थापना, केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने

सुदूरपश्चिम- कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरी गर्भगृहमा देवीको मूर्ति राखिएको छ।

godawari 5_1
Ganyapdhura gau

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रवार बिहान मन्दिरमा आयोजित विशेष धार्मिक अनुष्ठानबीच गर्भगृहमा मूर्ति स्थापना गरेका हुन्।

godawari 5_2
Godawari sandesh
Dadeldhura hospital

त्यस अवसरमा अध्यक्ष ढकालले त्यहाँ रहेको पुरानो मन्दिरबाट नवनिर्मितत अत्याधुनिक मन्दिरमा धार्मिक विधिअनुसार शङ्खघण्टसहित मूर्ति स्थापना गरिएको र केबलकारको माथिल्लो स्टेशन र बटम स्टेशनमा निर्माण हुने भौतिक संरचना पनि द्रूतगतिमा निर्माण भइरहेको जानकारी दिए।

“हामीले करिब १२ महिना पहिले यस जालपादेवी केबलकार आयोजनाको निर्माण सुरु गरेका थियौँ। निजी क्षेत्रले निर्माण गर्ने आयोजनाहरू निर्धारित समय, लागत र गुणस्तरमा नै पूरा गर्ने क्षमता प्रमाणित गर्दै आएका छौँ”, उनले भने, “धार्मिक आस्थाको केन्द्र मानिएको मन्दिरमा मूर्तिको पदस्थापना गरिएसँगै यो आयोजना पनि हामी निर्धारित समयमै सञ्चालनमा ल्याउँदैछौँ।”

अध्यक्ष ढकालले नेपालको बहुआयामिक आर्थिक रूपान्तरणका लागि पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्नु अनिवार्य रहेको बताए। पर्यटन पूर्वाधारमा लगानी बढाउन सकेमात्र पर्यटकको बसाइ लम्ब्याउन, विदेशी मुद्रा आर्जन गर्न र रोजगारी सृजना गर्न सकिने उहाँको भनाइ थियो। देशका सातै प्रदेशमा यस्ता ठूला पर्यटकीय पूर्वाधार निर्माण गर्ने आफ्नो दीर्घकालीन लक्ष्य रहेको उनले स्पष्ट पारे।

यो परियोजना आइएमई समूहको मुख्य लगानीमा निर्माण भइहेको छ। कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित चिसापानी (तल्लो स्टेशन) देखि मोहन्याल गाउँपालिका–७ राजकाँडा (माथिल्लो स्टेशन)सम्म तीन दशमलव एक किलोमिटर लामो केबलकार, तल्लो स्टेशनमा पाँचतारे होटल, क्यासिनो र ब्याङ्क्वेट हललगायत अन्य संरचनाहरू निर्माण भइरहेका छन् भने माथिल्लो स्टेशनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल (पदमार्ग), रेष्टुरेन्ट तथा बाल उद्यानलगायतका पर्यटकीय पूर्वाधार निर्माण भइरहेका आयोजनाका इन्जिनियर विजय पौडेलले जानकारी दिए।

“जालपादेवी केबलकार आयोजना अब अन्तिम निर्माण चरणमा पुगेको छ र आगामी दुई महिनाभित्र व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम तीव्रगतिमा अघि बढिरहेको छ। टप र बटम स्टेशनका संरचना, पोल निर्माणलगायतका अधिकांश काम अन्तिम चरणमा पुगेका छन्। अब मुख्य प्राविधिक प्रक्रियाअन्तर्गत तार तान्ने र गोण्डोला जडानको काम सुरु हुनेछ”, उनले भने। रासस

Couple
Loading...