मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु , १ घाईते

Dadeldhura hospital

बझाङ, ८ कार्तिक- जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । छबिसपाथिभेरा–१ जालेबगरमा ०२ – ०१६ – ८९८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक दिपेन्द्र दौल्यालको मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडी सवार रहेका कृष्ण दैल्याल घाइते भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल बझाङ्गमा उपचार भइरहेको छ । तमैलबाट जालेबगर जाने क्रममा बिजुलीको ढलेको पोलमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Loading...