रास्वपाको पहिलो केन्द्रीय समिति बैठकः महत्वपूर्ण निर्णय, तत्काल मनोनयन नहुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले सांगठनिक तथा प्रशासनिक विषयमा महत्वपूर्ण निर्णय गरेको छ। पहिलो महाधिवेशनपछि बुधबार पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएलगत्तै बसेको बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको हो।

बैठकमा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यबीच बधाई तथा शुभकामना आदानप्रदान हुनुका साथै पार्टीका विभिन्न विभागमा कार्यविभाजनबारे प्रारम्भिक छलफल गरिएको थियो। तर, सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य पदमा तत्काल कुनै मनोनयन नगर्ने निर्णय गरिएको छ।

Navadurga sun

रास्वपाको विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य, ३३ जना सचिवालय सदस्य र १० जना पदाधिकारी मनोनयन गर्ने अधिकार छ। महामन्त्री निशा डाँगी का अनुसार आवश्यकताअनुसार आगामी दिनमा क्रमशः मनोनयन प्रक्रिया अघि बढाइनेछ।

बैठकले पार्टीका निर्वाचन, लेखा तथा अनुशासन आयोगको नेतृत्व पनि टुंगो लगाएको छ। निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिइएको छ भने अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल नियुक्त भएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...