रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथ आज

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हँदैछ । आज बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो । तीन दिनमा सम्पन्न गर्ने भनिएको उक्त महाधिवेशन सहमतिको प्रयास भन्दै ६ दिनसम्म लम्बिएको थियो । उक्त महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। बाँकी ५१ जना भने सभापतिद्वारा मनोनीत हुनेछन् ।

Navadurga sun
Godawari sandesh

रास्वपाले ९९ जनाको सूचीमा दुई जनाको नाम सच्याएको छ । २ जनाको नाम हटाएर नयाँ दुई जनालाई समेटेपछि विवाद भएको छ ।

Couple
Loading...