आजको मौसम: केही प्रदेशमा वर्षा, तराईमा तातो लहरको सम्भावना

हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ। अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

Ganyapdhura gau

यसको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ।

त्यसैगरी कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने तथा बागमती र गण्डकीका केही तराई क्षेत्रमा अत्यधिक गर्मी रहने अनुमान गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बदली रहनेछ। कोशी र गण्डकीका केही स्थान तथा बागमतीका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराईका केही स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

Loading...