धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा एक पुरुषको ज्यान लिएको बाघ धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित वन क्षेत्रमा पुगेको आशंका गरिएको छ।
गौरीगंगा–६ मा बाघको आक्रमणबाट स्थानीय उपभोक्ता कृष्ण चौधरीको मृत्यु भएपछि डिभिजन वन कार्यालय कैलालीले बाघको खोजी तथा निगरानीलाई तीव्रता दिएको थियो।

खोजीका क्रममा आइतबार दिउँसो धनगढी–१७ स्थित सिद्धबाबा सामुदायिक वन तथा भारताल साझेदारी वन क्षेत्रमा बाघका नयाँ पाइला अर्थात् ‘पगमार्क’ फेला परेको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ।
गौरीगंगा–६ तथा धनगढी उपमहानगरपालिका–१६ र १७ लगायतका वन क्षेत्रमा बाघको चहलपहल देखिएको र नयाँ पगमार्कसमेत भेटिएपछि आसपासका बस्तीका स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
बाघको सम्भावित आवागमन हुने भारताल साझेदारी वनको कोर क्षेत्रअन्तर्गत धनगढी उपमहानगरपालिकाका वडा नम्बर १४, १५, १६, १७ र १८ तथा कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ का जनप्रतिनिधिलाई समेत घटनाबारे जानकारी गराइएको छ।
डिभिजन वन कार्यालय कैलालीको टोली बाघको खोजी तथा निगरानीमा खटिएको छ। वन क्षेत्रमा बाघको गतिविधि देखिएपछि स्थानीय उपभोक्ता समूह तथा सर्वसाधारणलाई एक्लै जंगलमा नजान आग्रह गरिएको छ।
यस्तै, जंगल छेउछाउका बस्तीमा बसोबास गर्ने स्थानीयलाई रातिको समयमा समेत विशेष सतर्कता अपनाउन वन कार्यालयले अनुरोध गरेको छ।
बाघको खोजी तथा निगरानीका लागि आवश्यक स्थानमा थप निगरानी बढाइएको र बाघको अवस्था तथा गतिविधिबारे थप जानकारी संकलन भइरहेको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ।

कैलालीमा मान्छे मार्ने बाघको चहलपहल धनगढीमा, स्थानीयलाई सतर्क रहन आग्रह
धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा एक पुरुषको ज्यान लिएको बाघ धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित वन क्षेत्रमा पुगेको आशंका गरिएको छ।