मौसम पूर्वानुमान : पश्चिमी वायुको प्रभाव, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

पश्चिमी वायु र मनसुनी वायुको प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। अन्य भूभागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Navadurga sun

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका भूभागमा पनि आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति देशका पहाडी तथा तराई भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागमा पनि सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ।

रातिको समयमा मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेशको तराई भूभाग र मधेस प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...