एमाले पुनर्गठनका लागि सुझाव संकलन गर्न सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु

धनगढी- नेकपा (एमाले) को पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशस्तरीय भेला शनिबार धनगढीमा सुरु भएको छ। भेलामा सुदूरपश्चिम प्रदेशका एमाले नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरूको सहभागिता रहेको छ।

एमालेका महासचिव शंकर पोखरेलका अनुसार भेलाको मुख्य उद्देश्य गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्नुका साथै पार्टी पुनर्गठनका लागि आवश्यक सुझाव संकलन गर्नु हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

भेलामा सुझाव संकलन कार्यदलका संयोजक रामबहादुर थापा सहित कार्यदलका सदस्यहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेलपृथ्वीसुब्बा गुरुङको पनि सहभागिता रहेको छ।

यसअघि कार्यदलले कोशी र लुम्बिनी प्रदेशमा पनि यस्तै भेला आयोजना गरिसकेको छ। ती भेलाहरूमा सहभागी नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए। सातै प्रदेशमा यस्ता भेला आयोजना गर्ने कार्यतालिका अनुसार सुदूरपश्चिममा यो भेला सुरु गरिएको एमालेले जनाएको छ।

प्रदेशस्तरीय भेलाबाट प्राप्त सुझावका आधारमा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार गरिने जनाइएको छ।

Loading...