

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले प्रदेश सभा सदस्यहरूले दिएका सुझावका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याइने बताउनुभएको छ ।



प्रदेश सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री शाहले सांसदहरूले दिएका सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको र तिनलाई बजेटमा समेट्ने प्रयास गरिने बताउनुभयो । उहाँले प्रदेशको आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्ने गरी बजेट तयार गरिने पनि उल्लेख गर्नुभयो ।


यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै सरकारले अब आगामी बजेट निर्माण प्रक्रियालाई अघि बढाउने भएको छ ।