कञ्चनपुरमा लागूऔषधसहित किशोर पक्राउ

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बागवाणीबाट विभिन्न लागूऔषध तथा सिरिन्जसहित एक १८ वर्षीय किशोर पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँचका क्रममा किशोरको साथबाट नियन्त्रित लागूऔषध फेनारगन २१ एम्पुल, ब्रोफिन २१ एम्पुल तथा ५ एमएलका ३ थान सिरिन्ज बरामद गरेको जनाएको छ।

Navadurga sun
Godawari sandesh

बरामद लागूऔषधसहित किशोरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...