रास्वपा बैतडीको सभापतिमा नाथ पुनः चयन

बैतडी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको प्रथम जिल्ला अधिवेशनबाट भीम नाथ सर्वसम्मत रूपमा जिल्ला सभापतिमा पुनः चयन भएका छन् ।

Dadeldhura hospital

रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी का अनुसार उपसभापतिमा हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी तथा सहसचिवमा जनकबहादुर गडाल चयन भएका छन् ।

Navadurga sun
Godawari sandesh

त्यस्तै सदस्यहरूमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश विष्टबबिता साउद चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको कोषाध्यक्ष भने पछि मनोनयन गरिने जनाइएको छ ।

Loading...