कमलबहादुर शाहको पद तत्कालका लागि जोगियो

धनगढी- सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह को मुख्यमन्त्री पद तत्कालका लागि जोगिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ९ सांसदमध्ये डम्मरी महरा ले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि शाहको पद सुरक्षित भएको हो।

महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा नेपाली कांग्रेसभित्रको एकता तथा बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने भन्दै हस्ताक्षर फिर्ता लिएको बताएकी छन्।

Navadurga sun

यसअघि नेपाली कांग्रेसका बहुमत सांसदले शाहलाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। दिवानसिंह विष्ट को नेतृत्वमा उक्त प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...