रास्वपा गोदावरी नगर समितिको सभापतिमा आशिष धामी चयन

अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको गोदावरी नगर समितिको सभापतिमा आशिष धामी चयन भएका छन्। शनिबार अत्तरियामा सम्पन्न प्रथम नगर अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

Dadeldhura hospital

नयाँ कार्यसमितिको उपसभापतिमा गंगादत्त जोशी, सचिवमा रमेश कुमार ओली, सहसचिवमा भिष्मा खड्का तथा कोषाध्यक्षमा रेवन्ती धामी ठगुन्ना चयन भएका छन्।

Navadurga sun
Godawari sandesh

खुला सदस्यहरूमा मान बहादुर विष्ट, सुरज ओझा, नन्दराम राना, सिताराम कठायत र गोविन्द रोकाया चयन भएका छन्। महिला सदस्यतर्फ सरस्वती कुमारी विष्ट ऐर, मेनुका बम ऐर, पार्वती देवी भण्डारी, उर्मिला अधिकारी र लक्ष्मी विक चयन भएका छन्।

अधिवेशन सम्पन्न भएसँगै नवगठित कार्यसमितिले शपथ ग्रहणसमेत गरेको छ। नयाँ नेतृत्वले संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा स्थानीय तहमा पार्टीको प्रभावकारी उपस्थितिलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता जनाएको छ।

Loading...