

धनगढी- कैलालीको धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेड का नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गरेका छन्।



शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित गोपालराज पाठक सहितका पदाधिकारी तथा सदस्यहरुले औपचारिक रूपमा पदभार सम्हालेका हुन्।


निर्वाचन परिणामअनुसार उपाध्यक्षमा उत्तम रोशी निर्वाचित भएका छन्। सदस्यहरूमा केशवराज जोशी, कोपिला कुँवर, गणेश बम, जयराज जोशी, लक्ष्मीराज पन्त, खेमराज पाण्डे तथा दीर्घबहादुर शाह विजयी भएका थिए।
त्यस्तै लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा गणेशप्रसाद जोशी तथा सदस्यमा खेमराज पाठक र गणेशप्रसाद उपाध्याय निर्वाचित भएका छन्।