

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–६ लालपुरस्थित नवदुर्गा आधारभूत विद्यालयमा निर्माण गरिएको ३ कोठे भवनको उद्घाटन गरिएको छ ।



भवनको उद्घाटन नगर प्रमुख वीरेन्द्र भट्टले गरेका हुन् । कार्यक्रममा उनले गुणस्तरीय शिक्षाका लागि सुदृढ शैक्षिक पूर्वाधार आवश्यक रहेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्र नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गरे ।


उनले सहकार्यमा आधारित यस्ता विकास परियोजनाले स्थानीय समुदायको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
भवन व्युल्ड अन नेपाल र गोदावरी नगरपालिकाको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो । विद्यालयमा २ कोठे शौचालय निर्माण गर्नुका साथै फर्निचर सहयोगसमेत गरिएको जनाइएको छ ।