गंगादशहराको अवसरमा धनगढीमा जेठ १२ गते सार्वजनिक बिदा

धनगढी- धनगढी उपमहानगरपालिका ले आगामी जेठ १२ गते मंगलबार नगर क्षेत्रभित्र स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै गंगादशहरा पर्वको अवसरमा नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा संघ–संस्थामा बिदा रहने जनाएको हो ।

नगर कार्यपालिकाको मिति २०८१/०४/३१ को निर्णयअनुसार हरेक वर्ष ज्येष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिमा मनाइने गंगादशहरा पर्वलाई सुदूरपश्चिमकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्वका रूपमा लिइन्छ ।

Navadurga sun

यहाँका विभिन्न समुदायले यस पर्वलाई विशेष आस्था र श्रद्धाका साथ मनाउँदै आएका छन् । यस वर्ष उक्त तिथि आगामी जेठ १२ गते मंगलबार परेको छ ।

विशेषगरी बेहडाबाबा मन्दिर मा गंगादशहराका दिन नेपाल तथा भारतबाट हजारौँ श्रद्धालु दर्शनका लागि आउने गर्दछन् । बेहडाबाबा क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पर्वको महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा जारी सूचनामा उल्लेख छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...