

धनगढी- धनगढीस्थित नवजीवन सहकारी संस्थाको सञ्चालक समिति चयनका लागि भइरहेको मतगणना निकै प्रतिस्पर्धात्मक बनेको छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदका उम्मेदवार गोपाल पाठकले ४ हजार ५५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनका निकट प्रतिस्पर्धी केशवराज मिश्रले ३ हजार ८ सय ३५ तथा घनबहादुर शाहले ३ हजार ७९ मत प्राप्त गरेका छन् । सुरुवाती चरणमा मिश्र झिनो मतले अगाडि रहेपनि पछिल्लो परिणाममा पाठकले मतान्तर बढाउँदै अग्रता लिएका हुन् ।



उपाध्यक्ष पदमा उत्तम जोशी ३ हजार ६ सय ४४ मतसहित अगाडि रहेका छन् । इश्वर प्रसाद जोशीले ३ हजार ३ सय ८८ तथा उपेन्द्र बिष्टले २ हजार ६ सय ७६ मत प्राप्त गरेका छन् ।


सहकारीका कुल ४० हजार ५९३ शेयर सदस्य मध्ये शनिबार सम्पन्न मतदानमा १५ हजार ५० जनाले मताधिकार प्रयोग गरेका थिए । सदस्य पदतर्फ केशवराज जोशी, कोपिला कुँवर, गणेश बम, लक्ष्मीराज पन्त, जयराज जोशी, खेमराज पाण्डेय र दिर्घबहादुर शाह अग्रस्थानमा रहेका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकतर्फ गणेश प्रसाद जोशी तथा सदस्य पदमा खेमराज पाठक र गणेश प्रसाद उपाध्यायले अग्रता कायम राखेका छन् ।