

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अत्यधिक गर्मी र तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सबै विद्यालयहरूमा तीन दिनका लागि बिदा दिने निर्णय गरेको छ ।



नगरपालिकाले जारी गरेको सूचना अनुसार यो बिदा सामुदायिक (सरकारी) तथा संस्थागत (निजी) सबै विद्यालयहरूमा लागू हुनेछ । नगर प्रमुख हेमराज ओझाद्वारा हस्ताक्षरित सूचनामा पछिल्लो समय बढ्दो गर्मीका कारण यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ ।


नगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यो कदम चालेको जनाएको छ ।