बझाङमा सेनाको हेलिकोप्टर मार्फत एक सुत्केरी महिलाको उद्धार

बझाङ, ३ कार्तिक- बझाङमा एक सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। थलारा गाँउपालिका वडा नं. ९ कि २१ वर्षीया सम्झना भण्डारीको हेलिकोप्टर मार्फत उद्धार गरी जिल्ला अस्पताल बझाङ ल्याइएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

भण्डारीलाई सुत्केरी व्यथाले च्यापेपछि उनी मंगलबार बिहान मालुमेला स्वास्थ्य चौकी पुगेकी थिइन्। अवस्था जटिल हुन थालेपछि बाहिर पठाउनुपर्ने अवस्था आएको मालुमेला स्वास्थ्य चौकीका ईन्चार्ज विकास खडकाले बताए।

Navadurga sun

त्यसपछि प्रतिनिधि सभा सदस्य आशा कुमारी बिकको पहलमा बुधबार बिहान थलाराको पहिरोमा परेकाहरुको खोजीका लागि आएको नेपाली सेनाको हेलिकोप्टर मार्फत जिल्ला अस्पताल ल्याइएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...