निर्माण व्यवसायी संघ कैलालीको नयाँ नेतृत्वद्वारा सपथ ग्रहण

धनगढी- निर्माण व्यवसायी संघ कैलालीको २९ औं वार्षिक साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

बैशाख २५ गते सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई आयोजित विशेष समारोहबीच सपथ ग्रहण गराइएको हो । सम्पन कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठी सहभागी भएका थिए ।

Navadurga sun
Godawari sandesh

यस्तै कार्यक्रममा निर्माण व्यवसायी सुदूरपश्चिम प्रदेशका अध्यक्ष लक्ष्मण बहादुर स्वार, जिल्ला अध्यक्ष टेकबहादुर मल्ल लगायत व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Couple
Loading...